काठमाडौंको मतदान केन्द्रमा बम विष्फोट

काठमाडौं : दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वित्तिकै काठमाडौंको एक मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट भएको छ । काठमाडौंको नैकापस्थित मंगल मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । थानकोट–कलंकी सडकको नैकाप भञ्ज्याङमा नै सो विद्यालय रहेको छ । विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोटपछि लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो ।

२०७४ मंसिर २१ गते विहान ८ः३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :