सुर्खेतमा चुनाव नहुँदै मतपेटिका कब्जा / कर्मचारीको अवस्था अज्ञात

काठमाडौं : सुर्खेतको बराहक्षेत्र गापा ३  भेरीचङ्गा मावि मतदान केन्द्रका सबै मतपेटिका, मतपत्र र कर्मचारीलाई नेकपाका कार्यकर्ताले कब्जामा लिएर अज्ञात स्थलतिर लगेका छन् । गए राती १० बजेतिर सेन्ट्रीलाई नियन्त्रणमा लिएर प्रहरी बसेको कोठामा बाहिरबाट साङ्लोले बन्द गरिदिएपछि मतपेटिका, मतपत्र, चिन्ह लगाउने मसीलगायत बाँकी सबै चुनावी सामग्री र कर्मचारी नेकपाले कब्जा गरेको हो ।

२०७४ मंसिर २० गते मध्यान्न १२ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :