राजेन्द्र महतोमाथि आक्रमण

काठमाडौं :  धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोेमाथि कांग्रेसका कार्यकर्ताले अक्रमण गरेका छन् । मंगलबार राती ११ बजे जनकपुरको देवीचोकमा भएको झडपका क्रममा राजपाका नेता महतोेकाे टाउकोमा सामान्य चोट लागेको छ । राजपका कार्यकर्ता सामान्य घाइते भएका छन् । कांग्रेसका युवा नेता राकेशविक्रमका अनुसार महतोले मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले लखेटेको दाबि गरेका छन् । राजपा नेता खानले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको दाबी गरेका छन् ।

२०७४ मंसिर २० गते बिहान ११ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :