माओवादी केन्द्रका नेता लेखराज भट्टको घरमा बम विष्फोट

काठमाडौं : माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विष्फोट भएको छ । मंगलबार बिहान ५ बजे कैलालीको गोदावरी नगरपालिका १ अत्तरिया स्थित भट्टको घरको अगाडी बम विष्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । घटनाबाट कुनै क्षति  भएको छैन । माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै  विष्फोट भएको बताएको छ । त्यसैगरी जिल्लाको गौरिगङ्गा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा सिलिण्डर बम विष्फोट भएको छ ।

२०७४ मंसिर १९ गते दिउँसो २ : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :