वाम गठबन्धनका नेता भट्ट लक्षित गरि बम विष्फोट

काठमाडौं : एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार बनेका खगराज भट्टलाई लक्षित गरि सोमबार राती बम विष्फोट भएको छ । डडेल्धुरा, जोगबुढाको चुनावी सभालाई सम्बोधन गरेर फर्कँदै गर्दा आलिताल गाउँपालिका ८ मौरियामा बम विष्फोट भएको हो । अन्तिम दिनको चुनावी प्रचार सकेर लस्करै आउँदै गरेका ३ सवारी साधन मध्ये अन्तिम गाडीमा उम्मेदवार थिए । पहिलो गाडी कटिसकेपछि विष्फोट भएको थियो । घटनाबाट मानवीय र सवारी साधनमा क्षति भने भएको छैन । सअघि सोमबारै वाम गठवन्धनका नेता भीम रावल र जनार्दन शर्माले सम्बोधन गरेको जोगबुढाको चुनावी सभास्थलमा समेत प्रेसरकुकुर बम फेला परेको थियो ।

२०७४ मंसिर १९ गते दिउँसो १ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :