पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं : पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । पत्रकार जैसीले रिटमा गिरफ्तार पत्रकारहरुको तत्काल रिहाइको माग पनि गरेका छन् । उनले सोमबार दायर गरेको रिटमा जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीलाई तत्काल रिहाइको माग गरेका छन् । बाँकी ५ जना पत्रकारको रिहाइको माग गर्दै मंगलबार रिट दायर हुँदैछ । मंगलबार बिहान १० बजे नै सर्वोच्च अदालत परिसरभित्र पुगेका पत्रकार जैसीका अनुसार फरकफरक जिल्लाका पत्रकार गिरफ्तार गरेका कारण अलगअलग फाइल तयार गर्दागर्दै सोमबार ढिला भएको र बाँकी पाँच जनाको रिहाईका मागसहित रिट दायरको तयारी भइरहेको छ । दायर भएको रिटमा मंगलबारै सर्वोच्चमा सुनुवाई हुँदैछ ।

२०७४ मंसिर १९ गते मध्यान्न १२ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :