
मंगलबार सरकारले चुच्चेपाटीस्थित होटल हायातको खाली जग्गामा बसेका भूकम्पपीडितका छाप्रामा डोजर लगाएको छ । २०७२ सालको महाभूकम्पछि हजारौं नागरिकहरु घरबारविहीन भएर उक्त खाली जग्गामा छाप्रा बनाएर बसेका थिए ।
दरबारसँग नजिक मानिएकी अंगुरबाबा जोशी नामकी महिलाले सञ्चालन गरेको तारागाउँ विकास समिति नामको एनजिओले होटल हायातलाई लिजमा दिएको उक्त प्रयोजनहीन जमिनमा बसेका भूकम्पपीडितलाई विकल्प नै नदिई डोजर लगाएर हटाएपछि भूकम्पपीडित आक्रोशित बन्दै बिकल्पको खोजीमा लागेका छन् ।
स्मरणीय छ, सरकारले भूकम्पपीडितलाई दिने भनेको राहतको दोस्रो किस्ता नदिंदा लाखौं भूकम्पपीडितको जीवन छाप्रोमा बितिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्