शिक्षा मन्त्री श्रेष्ठलाई लक्षित गरी बम विष्फोट

स्याङ्जा: नेपाली कांग्रेसका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरेर बम विष्फोट भएको छ, अपरान्ह ५ बजे स्याङ्जा, भीरकोट नपा ८ बक्रे बजारको पुछारमा सो घटना भएको हो । कांग्रेस, स्याङ्जा २, प्रतिनिधिसभाका तर्फबाट उम्मेद्वार रहेका श्रेष्ठ बहालवाला शिक्षामन्त्रीसमेत हुन् । घटनामा कुनै मानवीय क्षति नभएको सुत्रको दाबी छ । त्यसैगरी तनहुँ वामगठबन्धनका प्रदेशसभाका उम्मेद्वार किरण गुरुङलाई लक्षित गरेर शनिबार ९ बजे तनहुँ भीमाद नपा भीरकोटमा आक्रमण भएको छ । गुरुङ पूर्व वनमन्त्री पनि हुन् ।

२०७४ मंसिर १७ गते अपरान्ह ७ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :