‘प्रोक्सी वार’ गर्दै निार्वचन आयोग

काठमाडौं : ठूला सञ्चार माध्यम र निर्वाचन आयोगद्वारा मंसिर १० गते कतिपय जिल्लामा ८० प्रतिशत र समग्रमा ६५ प्रतिशत मतदान भएको दाबि गरेका थिए । ई–रातो खबर विधुतीय पत्रिकाले त्यही दिन सोे दाबिलाई ‘प्रोक्सी तथ्याङ्क’ भनेको थियो । त्यो कुरा पुष्टि हुँदै गएको छ र वास्तविकता उदाङ्गो हुँदैछ । सो सम्बन्धमा बुद्धिजीवी कृष्ण खनाल भन्छन् – ‘सुन्दा पनि आश्चार्य लाग्छ, जाडो बढेको छ । हिमाली क्षेत्रमा मानिस जाडो छल्न बसाइँ सर्ने बेला हो यो । बझाङ, बाजुराका मानिस कामको खोजीमा भारत पस्ने मौसम पनि यही हो । तर मतदान सबैले गरेका छन् । ….. तर मतदान सकिएपछि विस्तारै कुरा खुल्न थाल्यो, यीमध्ये कतिपय ठाउँमा अत्याधिक संख्यामा नक्कली मतदान भएछ ।’ मरेका, विदेश गएका, बहिस्कार गरेका सबैको नाममा प्रोक्सी मतदान भएको छ । कालीकोटमा त खारेजी अभियानमा संलग्न स्थानीयले आफ्नो मतदान अरु कसैले गरेको भनेर दोसीलाई कालोमोसो नै दलेका थिए । निर्वाचन आयोगलाई त्यो सुचना छैन ? तसर्थ निर्वाचन आयोग नै खारेजी अभियानको विरुद्ध ‘प्रोक्सी वार’ मा संलग्न भएको देखिएको छ ।

२०७४ मंसिर १७ गते दिउँसो १ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :