माओवादी केन्द्रका नेता बसन्त धरापमा

काठमाडौं : पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख)बाट एमााले–माओवादी केन्द्रका साझा उम्मेदवार बनेका तुलाराम घर्ती ‘बसन्त’ चढेको सवारी साधन धरापमा परेको छ । शनिबार साँझ तिनाउ गापा, दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा भएको धरापमा परी सवारी चालक तानसेन नपा ६ का भरत श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको लुम्बिनी मेडिकल कलेजमा उपचार भएको उक्त पार्टीका जल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले बताएका छन् । नेता बसन्तसहित आधा दर्जन नेताकार्यकर्ता सवारी रहेपनि सबै सकुशल रहेको प्रहरीले बताएको छ । विस्फोट हुँदा ३४२५ नम्बरको लु १ ज जिपमा क्षति पुगेको छ । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको बताइएको छ ।


२०७४ मंसिर १७ गते १ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :