…बेनामी विस्फोटन : कृष्ण खनाल

बम विस्फोटको घटनालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो त, यो कुरा अहिलेकोे राजनीतिक / संवैधानिक विकाससँग असहमत हुँदै यसलाई खुला चुनौती दिने विप्लव समूहको संलग्नतमा शंका गर्नु पर्दैन । उ संलग्न छैन भने त्यसको सार्वजनिक पुष्टि गर्नुपथ्र्यो । त्यो समूहलाई जिम्मेवार मान्ने हो भने उसको राजनीतिक आयातन निकै बढेको स्वीकार गर्नुपर्ने हुन्छ । त्यो भनेको शान्ति प्रक्रिया असफल भएछ भनेर मान्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आफ्नो र सांगठनिक पकड पुरै गुमाएछ भनेर बुभm्नु पर्ने हुन्छ । सशस्त्र विद्रोहका क्रममा उसले हिजो प्रयोग गरेका औजार, अपनाएका प्रविधि र प्रशिक्षित गरेका जमात आज उसको पकडबाट बाहिरिएछन् र राजनीतिक वा अपराधिक जुनसुकै प्रयोजनका लागि उपलब्ध छन् भनेर बुझ्नुपर्ने हुन्छ । चुनावपछि माओवादी केन्द्र एमालेमा विलय होला तर सशस्त्र विद्रोहको उसको विरासत नयाँ संगठित राजनीतिक चुनौतीका रुपमा पुनरुत्थान हुन थालेको संकेत दिन्छ । जसरी हिजो देशीविदेशी शक्तिले माओवादीको उपयोग गरे र माओवादीले पनि उपयोग गरे, त्यही अवस्था फेरि पनि नबन्ला भनेर ढुक्क हुने स्थिति रहेन ।
(आइतबारको कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :