ओलीसँग झस्के दाहाल

काठमाडौं : शनिबार काठमाडौंबाट प्रकाशित हुने एक दैनिको आफ्नो एक अन्तर्वार्तामा एमाले अध्यक्ष ओलीले जनयुद्धलाई सैद्धान्तिक भुलको कारण भएको र गणतन्त्र जनयुद्धको कारणले नआएकोे पूर्वअडान सार्वजनिक गरेपछि प्रचण्ड झस्किएका छन् । एमालेको त्यस्तो अडान जारी रहेमा एमालेसँग माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोपलाई बल मिल्ले र कार्यकर्तामा असन्तुस्टि बढ्ने कारण दाहाल झस्किएका हुन् । शनिबार ललितपुरकोे चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ‘पार्टी एकताबाट कोही पनि पछाडि फर्कन नसक्ने र एकता हुनेनहुने कुरा अब कार्यकर्तामा भर पर्ने भन्दै अप्रत्यक्ष रुपले ओलीमाथि दबाव दिन प्रेरित पनि गरे । सधैंजसो पार्टी एकताको पक्षमा खुलेर मन्तव्य राख्न पनि शनिबार दाहाल हच्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०७४ मंसिर १७ गते ८ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :