क्रान्तिकै लागि लडेर मरौँ जस्तो लागेको छ : खुसीराम पाख्रिन

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले गत वैशाख १३ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको जनसांस्कृतिक योद्धा सम्मान कार्यक्रममा अभिनन्दित भएपछि वरिष्ठ जनसंस्कृतिकर्मी खुसीराम पाख्रिनले दिएको अभिव्यक्ति :
कम्युनिस्ट केन्द्र बनोस् भन्ने जनताको चाहना भए पनि तत्काल त्यसको सम्भावना कम छ । म प्रचण्ड समूहतिर जाँदा छोरोको रगतमाथि खेलबाड गरिस् भन्नेहरू नै अहिले प्रचण्डतिर लागेका छन् । मरे मर्ला क्रान्तिकै पक्षमा उभिएर मरौँ जस्तो लागेको छ । छोराको सहादतको खबर सुन्दा भन्दा पनि पीडा अहिले भएको छ । सपनाको हत्या निकै पीडादायी हुँदो रहेछ । ‘कालो बनको बीचैमा’ गीत लेख्दा रोएको थिएँ । शान्तिप्रक्रियामा आएपछि फेरि रोएँ । ससाना नानीहरूको भविष्य हेरेर यिनीहरूको अवस्था पनि भोलि मेरोजस्तै होला भनेर पीडा हुन्छ ।

(रातो खबर, वर्ष २, अङ्क ४४, पूर्णाङ्क ९२, २० वैशाख, २०७४)

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :