प्रचण्डको सभामा बम विष्फोट

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेको चुनावी सभामा बम विष्फोट भएको छ । एमाले र माओवादी केन्द्रको चुनावी सभालाई लक्षित गर्दै शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजित सभामा बम विष्फोट भएको हो । विष्फोट लगत्तै भाषण छोट्याएर प्रचण्ड फटाफट सवारी साधनमा बसेका थिए । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ ।

२०७४ मंसिर १६ गते राती ७ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :