वीरगन्ज प्रशासनको प्रचारबाजी झूठो– नेकपा, पर्सा


वीरगन्ज सम्वाददाता/पर्सा : पर्सा प्रहरीले वीरगन्ज चिनीमिल आवास क्षेत्र नजिक स्थानीय अधिवक्ता महेन्द्र शाहको घरमा नेकपाले विष्फोट सामाग्री भण्डारण गरेको र सो सामाग्री प्रहरीले गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको भन्ने दाबीलाई नेकपा पर्साले शतप्रतिशत झूठो र कपोलकल्पित भन्दै प्रहरी दाबीको खण्डन गरेको छ । शाहको घरमा कुनै पनि पत्रकारको कोठा नभएर आफ्ना पार्टी कार्यकर्ताको भाडाको निवास रहेको र पत्रपत्रिका तथा पुस्तकबाहेक अरु केही नभएकोले आफ्नो असक्षमता ढाकछोप गर्न कपोलकल्पित कथा रचना नगर्न, घरवाला शाह र पत्रकार सुदर्शनराज पाण्डेलाई फसाउने षड्यन्त्र बन्द गर्न नेकपा पर्सा इन्चार्ज आर्जन र सेक्रेटरी विज्ञानले चेतावनी दिएका छन् । शनिबार अपरान्ह संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सो विषयबारे पार्टी घारणा प्रष्ट पारेका हुन् ।

२०७४ मंसिर १६ अपरान्ह ५ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :