उपप्रधानमन्त्री गच्छदारको चुनावी सभामा बम विष्फोट

काठमाडौं : सुनसरीको इटहरीस्थित भलाद्मीचोकमा बिहीबार बिहान बम विष्फोट भएको छ । बिष्फोटमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ रहेको इलाका प्रहरीले जनाएकोे छ । भलाद्मीचोकमा नेपाली कांग्रेसले सभा आयोजना गरेको थियो । काँग्रेसको सभालाई लक्षित गरेर सभास्थल नजिकै बम विष्फोट भएको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ ।

२०७४ मंसिर १४ गते दिउँसो २ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :