अनिश्चितकालिन शैक्षिक हड्तालको चेतावनी

काठमाडौं : नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष रमेश रुपाखेतीले आस्था राखेकै कारण गिरफ्तार गरिएका शिक्षकहरुलाई तत्काल रिहाई गर्न माग गर्दै गिरफ्तारी नरोकिए अनिश्चिकालिन शैक्षिक हड्ताल घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् । उपाध्यक्ष रुपाखेतीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । उनले चुनाव विरोधी गतिविधिमा लागेको आरोप लगाउँदै विभिन्न मितिमा देशभरबाट हालसम्म ३५ जना शिक्षकहरुलाई पढाइरहेको अवस्थामा विद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको बताए । रुपाखेतीले सरकार, अभिभावक संघ, प्याव्सन, एन प्याव्सन, शिक्षा पत्रकार, मानव अधिकारवादी संघ–संस्थाहरुलाई गिरफ्तारप्रति ध्यानाकर्षण गराएका छन् ।

२०७४ मंसिर १४ गते दिउँसो १ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :