जनताको आक्रोशको निसानामा उम्मेदवार

कैलाली : दोस्रो चरणको निर्वाचन नजिकिंदै गर्दा उमेद्वारहरु असन्तुष्ट जनताको आक्रोशको निसानामा परिरहेका छन् । यसैक्रममा कैलालीमा बाम गठबन्धनको उम्मेद्वारको सवारी साधनमा बिहिबार विहान ३ः३० बजे आगजनी भएको छ । निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेश सभा उम्मेद्वार रतन थापाको सवारी साधनमा आगजनी भएको हो । प्रहरीका अनुसार लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको सवारी साधनमा आगजनी भएको हो । त्यो सवारी साधन थापाले चुनाव प्रचारका लागि प्रयोग गरिरहेका थिए ।

२०७४ मंसिर १४ गते विहन १०ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :