सरकारले नेकपासँग वार्ता गर्ने

ई–रातोखबर संवाददाता/काठमाडौं : नेपाल प्रहरीसहित सरकारी निकायले नेकपाको शक्तिलाई न्यूनीकरण गरिरहेको बेला नेकपाद्वारा चुनाव खारेजी अभियान सशक्त बनाएपछि सरकारले नेकपासँग वार्ता गर्ने बताएको छ । बुधबार दाङको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा मन्त्री बालकृष्ण खाँडले वार्ताको आब्हान गरेका थिए । बिहिबार राप्रपा (प्रजातान्त्रिक) का नेता तथा मन्त्री दीपक बोहोराले सञ्चार माध्यमसँग कुरा गर्दै नेकपासँग चुनावलगत्तै वार्ता गर्ने सरकारी योजना रहेको सार्वजनिक गरेका छन् । सो सम्बन्धमा नेकपाको औपचारिक धारणा आएको छैन । मन्त्रीहरुको बारम्बारको वार्ताचर्चा र सञ्चारमा अनेकथरी चर्चापछि नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले ई–रातोखबरसँग कुरा गर्दै ‘सरकारको औपचारिक धारणा नआएको र सञ्चारमा हल्ला मात्रै गरेको हुनाले सो विषयमा पार्टीको धारणा नबनेको’ प्रतिक्रिया दिनुभएको छ । नेकपाले सरकारको वार्ता चर्चालाई ‘चुनाव खारेजी अभियानलाई मत्थर पार्ने र सहानुभूति लिएर मत बटुल्ने रणनीति’ मात्र भएको अर्थमा बुझेको देखिन्छ ।

२०७४ मंसिर १४ गते विहान ८ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :