कांग्रेस र वाम गठबन्धनबीच झडप

काठमाडौं : नवलपरासीको मध्यविन्दु नगरपालिका ६ बरुवामा मंगलबार राती नेपाली कांग्रेस र एमाले–माओवादी केन्द्रबीच खुकुरी हानाहान भएको छ । झडपबाट दुबै तर्फका गरी ६ जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् । एमाले मध्यविन्दु नगर समितिका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था गम्भीर छ । भण्डारीलाई कालीगण्डकी अस्पताल कावासोतीमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर ल्याइएकोे छ ।

 

२०७४ मंसिर १३ गते बेलुका ८ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :