कांग्रेसका कार्यकर्ताद्वारा स्थानीयलाई निर्घात कुटपिट

काठमाडौं : आइतबार सम्पन्न पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुख चिह्नमा मतदान नगरेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्थानीयलाई निर्घात कुटेका छन् । मंगलबार सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका १ बसेरीमा श्री लामाले स्थानीय नाबुल साइला लामामाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट लामाको टाउकोमा गम्भीर चोट लागेको छ । कांग्रेसबाट इन्द्रवती १ मा निर्वाचित वडाध्यक्षसमेत रहेको श्री लामाले साइला लामासँगै अरु थुप्रै स्थानीयमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । यसैबीच सिन्धुपाल्चोककै थुम्पाखरमा पनि कांग्रेस कार्यकर्ताले रुख चिह्नमा मतदान नगरेको भन्दै स्थानीयमाथि खुकुरी प्रहार गरेका थिए । कांग्रेस कार्यकर्ताले थुम्पाखरमा कांग्रेसलाई सहयोग नगरेको भन्दै स्थानीयको घरमा समेत तोडफोड गरेका थिए ।

२०७४ मंसिर १३ गते अपरान्ह ५ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :