एमाले–माकेको सभामा बम विष्फोट

नारायण नेपाल / काठमाडौं : एमाले-माकेले मंगलबार आयोजना गरेको ललितपुर जिल्ला स्तरीय चुनावी सभामा बम विष्फोट भएको छ । लगनखेल चोकमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा ठुलो आवाजमा विष्फोट भएको थियो । चुनावी सभा छेउमा नै विष्फोट भएपछि कार्यक्रममा सहभागीहरुबीच भागदौ भच्चिएको सहभागीले बताएका छन् । बिष्फोट लगत्तै अहिले प्रहरीले घटनास्थललाई घेरेर अनुसन्धान गरिरहेको जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिदै जिप्रका ललितपुरले चुनाबी सभा छेउमा विष्फोट भएको र आगो बलेको जनाएको छ । ललितपुर प्रहरीले भने छेउमा घर बन्दै गरेको र त्यहिबाट आएके सिसा र फोहरको थुप्रोमा सिसा पड्केर आगो लागेको स्थानीयले बताएको जानकारी दिदै घटनाको पुर्ण विवरण भने केहि बेरमा मात्रै आउने जानकारी दिएको छ । चुनावी सभामा सहभागीहरुलाई आयोजकले ट्याक्सीको टायर पड्केको भनेर शान्त पार्न खोजेका थिए । उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड जाने भनिएपनि उहाँ सहभागी हुनु भएन । माओवादीका तर्फबाट नेता रामबहादुर थापा , र उम्मेदवार समेत रहनुभएकी नेतृ पम्फा भुषल सहभागी हुनुभएके थियो ।

२०७४ मंसिर १२ गते  राती  ९ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :