तराई–मधेसमा छापामार सभा

काठमाडौं : निर्वाचन खारेजी अभियान चलाइरहेको नेकपाले सार्वजनिक सभा र उम्मेदवारहरुलाई निशाना बनाउन थालेपछि तराई तथा मधेसमा ठूला तथा केन्द्रीत चुनावी सभाहरु हुन छोडेका छन् । विगतमा जसरी कार्यक्रमहरु रेडियो, टेलिभिजन तथा अन्य विद्युतीय सञ्चार माध्यमबाट प्रचार पनि गरिएको छैन । ‘चुनाव प्रचारका धेरै जसो कार्यक्रमहरु छापामार शैलीमा भएका छन्’ तराईमा कार्यक्षेत्र भएका एकजना नेकपाका नेता भन्छन् । तराईमा केन्द्रीत ठूला सभाभन्दा कोठे तथा पींढी सभाहरु भैरहेको कांग्रेस बाराका एक नेता पनि स्विकार गर्छन् । ठूूला दलहरुको छापामार शैलीबाट साना दलहरुले भने राहत महशुस गरेका छन् ।

२०७४ मंसिर १२ गते राती ९ः०० बजे

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :