रातो खबर साप्ताहिकका संवाददातासहित २ गिरफ्तार

काठमाडौं : रातो खबर साप्ताहिक र ई–रातो बखर अनलाइनका लागि गण्डक ब्युरो संवाददाता रमाकान्त बास्तोला र जनसंचार डटकमको संचालक र सम्पादक ओम हमाललाई प्रहरीले गिरफ्तार गरेको छ ।  बास्तोला र हमाललाई मंगलबार दिउँसो पोखरा स्थित जनसंचार डटकमका कार्यालयबाटै गिरफ्तार गरेको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले बताएका छन् । पोखराको महेन्द्रपुलस्थित जन सञ्चार डटकमको कार्यालयमा समाचार कक्षमै काम गर्दागर्दै पत्रकार ओम हमाल र रमाकान्त बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको हो । क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका हमाल र पत्रकार बास्तोको गिरफ्तारीप्रति आपत्ति जनाउँदै अध्यक्ष चलाउनेले तुरुन्त रिहाईको मा समेत गरेका छन् । 

२०७४ मंसिर १२ गते अपरमा ४ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :