नेताको नाममा भोट हाल्नेलाई नेकपाले गर्‍यो कारबाही

काठमाडौं : मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आफ्नो नेताको नाममा भोट खसेको पाइएपछि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कारबाही गरेको छ ।
कालिकोटको मुम्रामा नेताको नाममा भोट हाल्ने कांग्रेस कार्यकर्तालाई नेकपाले कालो मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गरेको हो ।
मंगलबार बिहान नेकपा कालिकोटका नेता आइटमको नाममा मतदान गर्ने कांग्रेसका स्थानीय कार्यकर्तालाई नियन्त्रणमा लिएर कालो मोसो र जुत्ताको मालासहित गाउँ परिक्रमा गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा मुम्राका स्थानीय रामबहादुर तिरुवाले बताएका छन् ।

२०७४ मंसिर १२ गते अपरान्ह ३ :३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :