वीरगन्ज तनावग्रस्त

वीरगन्ज : नेपाली कांग्रेस प्रतिनिधिसभा, प्रदेश नम्बर २ का उम्मेदवार अजय चौरसियाको चुनाव प्रचार टोलीलाई लक्षित गरेर सोमबार साँझ ७ बजेको समयमा आक्रमण भएको छ । वीरगन्ज १९ मा भएको सो घटनामा चौरसियाको चुनाव प्रचारमा प्रयोग हुँदै आएको सवारी साधनमा सामान्य क्षति भएको छ । त्यसैगरी वीरगन्ज रानीघाटस्थित एमाले पार्टी जिल्ला कार्यालय पछाडि अर्को शक्तिशाली विष्फोट भएको छ । मगलबार बिहान ६ बजेतिर भएको सो घटनापछि वीरगन्जमा प्रहरीले खानतलासी बढाएको छ । लगातारको बम विष्फोटका कारण यतिबेला वीरगन्ज तनावग्रस्त रहेको स्थानीयले बताएका छन् ।

२०७४ मंसिर १२ गते बिहान ९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :