बन्दुकको पोल्टामा लोकतन्त्र

काठमाडौं : गएको स्थानीय तहको निर्वाचनदेखि नै नेकपाले शान्तिपूर्ण रुपले चुनाव खारेजी अभियान चलाएको थियो । जनसभा, पर्चा, पोष्टर, भित्तेलेखन जस्ता विधिहरु प्रयोग गरेर आफ्ना विचारहरु जनसमक्ष लगेको हो । नेकपाको पक्षमा जनमत प्रकट हुँदासाथ प्रशासनले बल प्रयोग ग¥यो । भित्तामा नारा लेखिरहेका कार्यकर्ता पक्रिए । पोष्टर च्यातेर फाल्न थालियो । महेन्द्रनगर, सुर्खेत, चितवन, विराटगनर, विरगन्जलगायत खुला सभाहरुमा प्रहरी हस्तक्षेप भयो । स्थानीय प्रशासनले चुनावको विपक्षमा गतिविधि गर्न नदिने ‘माथिको आदेश’ भन्दै हस्तक्षेप र पक्राउ गर्न थाले । नेकपाले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने भए अर्को बाटो जान बाध्य हुने चेतावनी दिएको थियो तर सरकारले सुनेन । सरकारी र सरकारी विचारका वाहक बुद्धिजीवीहरुले वेवास्ता गरिरहे । नेकपाको विचार जनतामा जान नदिने र आफ्ना जनविरोधी तथा राष्ट्रविरोधी हर्कत एकछत्र चलाउने दाउमा सरकार देखिन्छ । जनतालाई सही विचारबाट रोक्ने उद्देश्यले सरकारी गठबन्धन, दलाल संसदीय व्यवस्था र त्यसका वाहक चारैवटा अङ्गहरु मिलिभगत गरिरहेका छन् । अस्पतालमा उपचार गराइरहेका, कक्षा कोठामा पढिरहेका सबै पक्राउ गर्न थालियो । नेकपाको विचार र संगठनको उदयभित्र प्रचण्ड–बाबुराम मण्डलीको निषेध निहित छ र त्यससँगै दलाल संसदीय व्यवस्थाको जनविरोधी, देशद्रोही चरित्र उदाङ्गो हुनेवाला छ । त्यसकारण नेकपामाथि सरकारी पूर्वाग्रह र दमनकारी नीति कायम छ । जब नेकपाले प्रतिरोध ग¥यो संसदीय व्यवस्थाका छट्टुहरु कोकोहोलो गरिरहेका छन् र उनीहरुद्वारा पालिएका भाडाका बुद्धिजीवीहरु ‘वेश्याले पतिब्रताको दाबी गरेझैं’ गरिरहेका छन् । देशभित्र विदेशी सेनाले परेड खेल्दा एक शब्द बोल्न नसक्ने लाचार सुरक्षा निकाय धम्कीको भाषा बोलेर ‘प्रभुको चाकरी’ गर्दैछ । यो समाधान होइन । त्यसप्रकारको भूमिका र शैलीले नकारात्मक इतिहासको पुनरावृत्त मात्र गर्नेछ । समयमै सम्बन्धित सबैको ध्यान पुगोस् । कार्तिक १७ गतेदेखि यता मंगलबार साँझसम्म गिरफ्तार नेकपाका नेता–कार्यकर्ता र सर्वधारणको प्राप्त विवरण तल प्रस्तुत गरिएको  छ –

 रातो खबर साप्ताहिकबाट

 

२०७४ मंसिर ११ गते बेलुका १० : ५६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :