बारा र भोजपुरमा बम विष्फोट

काठमाडौं : बाराको जितपुर–सिमरा उपमहानगरपालिका १६, टाँगिया बस्तिमा आयोजित वाम गठबन्धनको सभामा सोमबार अपरान्ह ३ बजे बम विष्फोट भएको छ । बाराको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार ज्वाला शाहको चुनावी प्रचारमा प्रयोग भएको सवारी साधनमा सामान्य क्षति भएको छ । यसैबीच टाँगिया बस्तिका सन्तोष तामाङलाई पक्राउ गरेको छ । अहिले सो क्षेत्रमा प्रहरीले व्यापक छापा मारिरहेको छ । यसैगरी भोजपुरबाट मतपेटिका ओसार्दै गरेको निर्वाचन आयोगको टोलीलाई लक्षित गरेर बम विष्फोट भएको समाचार छ ।

२०७४ मंसिर ११ गते बेलुका ८ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :