निर्वाचनमा जनसहभागिता अनपेक्षित रुपले निराशाजनक

काठमाडौं : चुनावमा भाग लिएका दलहरुको त कुरै छोडौँ चुनाव खारेजीमा अभियान चलाइरहेको नेकपाको अपेक्षा भन्दा पनि निर्वाचनमा जनसहभागिता निराशाजनक देखिएको छ । सचारकर्मीहरुले जिल्ला जिल्लाबाट विहानैदेखि जनसहभागिता उत्साहजनक नभएको बताइरहेका थिए । निर्वाचन आयोग र सरकारले अपरान्हपछि जनसहभागिता बढ्दै जाने भने पनि त्यो निराशाजनक स्थिति साँझसम्म कायम रहयो । उदाहरणको लागि बागलुङको एक मतदान केन्द्रमा १ हजार ८ सय मतदाता रहेकोमा ९ सय जनाले मात्र मतदान गरेका छन् । रोल्पामा सरकारी दाबी अनुसार नै ५२ प्रतिशत मात्र मतदान भएको दाबी छ । थवाङमा घरघरबाट सेना र सशस्त्र प्रहरीले जनतालाई मतदान केन्द्रमा घिसार्दै लग्दा पनि ३८ प्रतिशत मात्र मतदान भएको सरकारी दाबी छ । कालिकोट, थवाङ, बाजुरालगायत देशका विभिन्न क्षेत्रहरुमा सेना र सशस्त्र प्रहरीले घरघरबाट जनतालाई मतदान केन्द्रमा लगेको थियो । त्यसो गर्दा पनि मतदान अत्यन्तै न्यून भएको छ । आइतबार साँझ ६ बजे निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनअनुसार ६५ प्रतिशत मात्र मतदान भएको सरकारी दाबी छ । यो निकै बढाइचढाइ गरिएको दाबी जस्तो देखिन्छ । यसबाट बहुमत जनता निर्वाचन बाहिर देखिएका छन् ।

२०७४ मंसिर १० गते अपरान्ह ६ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :