सिन्धुलीमा एमाले–माओवादी केन्द्रको चुनावी सभामा बम विष्फोट

विपना ओली / काठमाडौं : आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिंदै गर्दा वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट भएको छ । आइतबार दिउँसोे सिन्धुलीको कोपिलाकोटमा गठबन्धनले आयोजना गरेको सभामा लक्षित गरी बम विष्फोट भएको हो । बम विष्फोट भएपछि प्रहरी भने भागाभाग भएका छन् । उक्त विष्फोटमा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भागेर ज्यान जोगाएको बताएका छन् । विष्फोटबाट मानवीय क्षेति भने भएको छैन । हालसम्म बम विष्फोटको जिम्मा कसैले लिएको छैन ।
२०७४ मंसिर १० गते अपरान्ह ४ ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :