अमेरिकी चासोमा चुनाव

काठमाडौं : संयुक्त राज्य अमेरिकाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनाको सन्दर्भमा भएका गतिविधिबारे चासो व्यक्त गरेको छ । नेपालको राजनीतिमा सबैभन्दा बढी भूमिका भएको भारत र अर्को छिमेकी चीनले औपचारिक धारणा नदेखाएकै बेला अमेरिकाले चासो व्यक्त गरेको हो ।  सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै औचित्यहीन, पूर्वाग्रही र आन्तरिक राजनीतिमा हस्तक्षेपकारी विज्ञप्ति जारी गरेको छ ।

नेकपाका शान्तिपूर्ण र कानुनसम्मत कार्यक्रममा हस्तक्षेप हुँदा, बिनाकारण नागरिक गिरफ्तार हुँदा र अस्पतालको कोठाबाट बिरामीलाई पक्राउ गर्दासमेत आँखा र मुख बन्द गरेर बसेको अमेरिका आफ्नो पिछलग्गुका पक्षमा भने सबैभन्दा अगाडि उभिएको छ । यो अमेरिकाको विश्वव्यापी हस्तक्षेप र गैरप्रजातान्त्रिक शैलीको निरन्तरता हो । निर्वाचनप्रति प्रतिबद्धता जनाउने अमेरिकाले आफ्नो स्वार्थसँग बाझिएका संसारभरिका निर्वाचित सरकार र देशका विरुद्ध आपराधिक झुन्ड परिचालन गर्दै आएको छ । भेनेजुएला, जनगणतन्त्र कोरिया, सिरिया, इरान त्यसका पछिल्ला उदाहरण हुन् । अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकार नेकपालाई छ कि अमेरिकी दलालहरूलाई मात्र ? त्यस विषयमा भने अमेरिकी विज्ञप्ति मौन छ । मतपेटिकामार्फत जनमत व्यक्त हुने भए अमेरिकाले रुस, कोरिया र इरानमा नाकाबन्दी किन गर्छ ? टर्कीमा सैन्य कू गर्ने षड्यन्त्र किन गर्नुप¥यो ? तसर्थ अमेरिकी चिन्ता लोकतन्त्रका लागि नभएर फासिवादी, जनविरोधी पुँजीवादी व्यवस्थाका लागि भएको देखिन्छ ।

 २०७४ मंसिर १० गते अपरान्ह ३ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :