कालिकोटमा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त / २ प्रहरीसहित ४ जना घाइते

काठमाडौं : कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच शनिबार अपरान्हमा दोहोरो भिडन्त भएको छ । प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएपछि २ प्रहरीसहित ४ जना घाइते भएका छन् ।

दोहोरो भिडन्तमा परी प्रहरी नायब निरीक्षक (सई) गिरिराज भण्डारी र प्रहरी जवान राम बहादुर चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएका छन् । भिडन्तमा परि प्रहरीले चलाएको गोली लागेर मुम्राका स्थानीय महेन्द्र शाही र तन बिक घाइते भएका छन् । 

शनिबार राती ९ बजेदेखी सुरु भएको स्थानीय र प्रहरीबीचको दोहोरो भिडन्त १० बजेसम्म भएको थियो । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् । आज हुने मतदानको लागी सम्पुर्ण सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको तिलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त भएको स्थानीयले बताएका छन् ।

२०७४ मंसिर १० गते ९ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :