मतदान सुरु हुने वित्तिकै २ वटा बम विष्फोट

रमाकान्त बास्तोला / पोखरा : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भएको छ । देशभर सुरक्षा चुनौती थपिएका बेला मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् ।
यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका ४ स्थित कालिका प्राविको मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ ।
निर्वाचन सुरु भएको दुइ मिनेटमा गोरखामा विभिन्न स्थानमा २ वटा बम पड्किएका छन् । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट भएको मतदान केन्द्रमा पुगेका एक मतदाताले बताएका छन् ।
यता गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था कडा भएकाले ढुक्क भएर मतदान दिन सबैमा आग्रह गरेको छ ।

२०७४ मंसिर १० गते विहान ८ः२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :