रामेछाप र लम्जुङको बुथकेन्द्रमा शक्तिशाली बम विष्फोट

काठमाडौं : पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बुथ केन्द्रमा बम विष्फोट तीव्र भएकाे छ । यसैबिच रामेछापको खााँडादेवी गाउँपालिका भरी शक्तिशाली बम विष्फोट भएको छ । खाँडादेवी गापा ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किलोमीटरको फरकमा सिलिन्डर बम विष्फोट भएको छ भने चोप्राङ माबीबाट डेढ किलोमीटरको फरकमा विद्युतीय माइन बिष्फोट भएको छ । विष्फोट सँगै ठाउँ ठाउँमा प्रेसर कुकुर बमहरु भेटिएको छ । खाँडादेवी गाउँ पालिका कै १ र ९ मा पनि बुथ नजिकै विष्फोट भएको छ भने मन्थली नगरपालिका २ को बुथ नजिकै पनि टाइम बम फेला परेको छ । खाँडादेवी गाउँ पालिकामा भोट हाल्ने समय भन्दा ढाइ घण्टाको फरकमा दस दस मिनेटको फरक पारी शक्तिशाली बम विष्फोटभएको छ । गाउँपालिकाभरि बम नै बम भेटिएपछि मतदानस्थल भने सुनसान बनेका छन् । यसैगरी लम्जुङकोे गोर्जी गाउँपालिका ५, स्थित रहेको कामचोक बुथ केन्द्रमा बम विष्फोट भएको छ । आइतबार बिहान मतदान शुरू हुनु भन्दा पहिले ६ ३० सुरक्षाकर्मीको घेरा भित्र बम विष्फोट भएको हो । घटनाबाट मानवीय क्षेति भने भएको छैन । हालसम्म विष्फोट जिम्मा कसैले लिएको छैन । उक्त घटना भएपछि मतदानस्थल भने सुनसान बनेका छन् ।

२०७४ मंसिर १० गते १० : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :