पूर्व गृहराज्य मन्त्रिको निवासमा बम विष्फोट

मकवानपुर : नेपाली काँग्रेसका मकवानपुर सभापति तथा पूर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ हेटौंडा ३, लेपतमा गएको चुनाव प्रचार कार्यालयमा आज साँझ ६ बजे शक्तिशाली बम विष्फोट भएको छ । पूर्व सांसद बानियाँ काँग्रेसको तर्फबाट प्रदेश सभाका उमेद्वार हुन् । आक्रमणका कारण उनको कार्यालयमा सामान्य क्षति भएको छ । त्यस्तै हेटौंडा ५ सानोपोखरामा पनि आजै साँझ ९ बजे बम विष्फोट भएको खबर प्राप्त भएको छ । थप विवरण आउँन बाँकी छ । त्यसैगरी राप्ती नदिको पुल र जिल्ला प्रहरी कार्यालयको बीचमा रहेको क्षेत्रीय प्रशासन कार्यालयको प्राङ्गणमा शनिबार नै साझ ६ः३० बजे बम विष्फोट भएको छ । घटनास्थल प्रहरी कार्यालयबाट ५० मिटर दुरीमा रहेको छ ।

२०७४ मंसिर ९ गते अपरान्ह ९ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :