बारामा उमेद्वारमाथि आक्रमण

बाराः बारा जिल्लाको गन्जभवानीपुरमा एमालेको तर्फबाट प्रदेशसभा (क) का उमेद्वार गणेश कलवारको घरमा बम विष्फोट भएको छ । शनिबार विहान भएको सो घटनामा कलवारको चुनाव प्रचारमा प्रयोग भएको सवारी साधनमा सामान्य क्षति पुगको छ । त्यसैगरी शनिबार अपरान्ह ४ बजे मकवानपुर मनोहरी गाउँपालिका मनोहरी बजारमा एमाले–माके संयुक्त सभामा बम प्रहार भएपछि सभा नै विथोलिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभाका लागि विनोद खतिवडा र प्रदेशसभाका लागि राजाराम स्याङ्तान उमेद्वार रहेका छन् ।

२०७४ मंसिर ९ गते अपरान्ह ६ः१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :