निर्वाचन सामाग्रीसहितको टोलीलाई स्थानीयले लखेटे/सेनाद्वारा हेलिकप्टरबाट गोली प्रहार

कालिकोट : कालिकोटमा निर्वाचन सामाग्री लिएर मतदान केन्द्रतिर जाँदै गरेको सरकारी टोलीलाई अाज स्थानीय जनताले ढुंगामुडा गरेर लखेटेका छन् ।

भोलि हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सामाग्री लिएर कालिकोटको पालाता गाउँपालिका (साविकको धौलागोह गाविस) को डाँफे मतदन केन्द्र जाँदै गरेको सरकारी टोलिलाई स्थानीय जनताले ढुंगा मुडा गरी लखेटेका हुन् । जनताले मतदान केन्द्रतिर जाँदै गरेको उक्त टोलीबाट निर्वाचन सामाग्री कब्जासमेत गरेका छन् ।

स्थानीय जनताले मतदान केन्द्रमा जाँदै गरेको टोलीलाई लखेटेर निर्वाचन सामाग्री कब्जा गरेको खबर पाउनासाथ् सदरमुकाम मान्म खाडाचक्रबाट गएको सेनाको हेलिकप्टरले अहिले उक्त क्षेत्रमा ब्यापक गोला बारी गरिरहेको छ ।

हवाई गस्ती गरिरहेको सेनाको हेलिकप्टरले अहिलेसम्म २ दर्जन भन्दा बढी गोली प्रहार गरेको छ भने जंगल क्षेत्रमा बम समेत प्रहार गरेको बताइएको छ । 

उक्त स्थानमा अहिले तनाव सिर्जना भएको छ । स्थानीय पत्रकार सजनी बमका अनुसार सेनाले गोलाबारी गर्दा सर्वसधारण घर बाहिर निस्‍कन सकेका छैनन् ।

यो समाचार तयारपार्दासम्म जिल्ला प्रशासन कार्यालय कालिकोटले घटनाका बारेमा बुझ्ने प्रयास मात्र भएको, एकिन विवरण आइनसकेको र हेलिकप्टर मार्फत थप सुरक्षाकर्मीसहित कर्मचारीहरुको टोली त्यसतर्फ पठाउने तयारी भइरहेको बताएको छ ।

गएको स्थानीय तह निर्वाचनमा मालकोटकै मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका जलाउँदा भएको दोहोरो भिडन्तमा परी एक जनाको ज्यान जानुका साथै दर्जन बढी घाइते भएका थिए ।

२०७४ मसिर ९ गते अपरान्ह ४ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :