रोल्पा र दाङबाट थप ३ जना गिरफ्तार

जानकी दहित / दाङ : रोल्पाको थबाङ गाउँपालिका उवाबाट २ जना सर्वसाधारण नागरिकलाई प्रहरीले आज गिरफ्तार गरेको छ । उवाबाट सर्वसाधारण दिपेन्द्र रोका र अशोक पुनलाई विनाकारण घरबाटै गिरफ्तार भएको खबर प्राप्त भएको छ । यसैगरी दाङबाट समीर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । तुलसीपुर १ बाट नेपाल कम्युनिस्ट पार्टीका एरिया सदस्य समेत रहेका चौधरीलाई प्रहरीले गिरफ्तार गरेका छन् ।

२०७४ मंसिर ९ गते दिउँसो २ : ५५  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :