क्रान्ति र प्रतिक्रान्तिको घम्साघम्सी

काठमाडौं : सत्तारूढ संसद्वादी दलहरू चुनावमा छन् । उनीहरूले यसलाई शान्तिप्रक्रियाको उत्कर्ष र सङ्क्रमणकालको अन्त्य भनिरहेका छन् । चुनावबाट राजनीतिक स्थायित्व कायम हुने र देश समृद्धितर्फ जाने उनीहरूको दाबी छ । अझ चुनावी घोषणापत्र हेर्ने हो भने त लाग्छ नेपालीका दुःखका दिन चुनावपछि ‘छु मन्तर’ भएर जानेछन् । संसदीय व्यवस्था र पुँजीवादप्रति नै विश्वास र लगाव भएका गम्भीर विश्लेषकहरूले नै चुनावी घोषणापत्रलाई हावादारी भनिरहेका छन् । २०४६ सालपछि दलहरूले यस्तै हावादारी सपना बाँड्दै आएका छन् । मुलुक भने प्रत्येकपटकको निर्वाचनपछि झन् अधोगतितिर गएको छ । त्यसैले जनतामा चुनावले केही होला भन्ने विश्वास छैन । नेकपाले भने आसन्न चुनावलाई प्रतिक्रान्तिको मोहरा भनेको छ । उसको बुझाइमा चुनावपछि देशमा विदेशी हस्तक्षेप झन् बढेर जाने, सिंहदरबारको भ्रष्टाचार गाउँसम्म पुग्ने, परनिर्भरता बढ्ने, मूल्यवृद्धि र कालोबजारी झन् बढ्ने बताएको छ । जनविद्रोहले सानघाटमा पु¥याएको संसदीय लुटतन्त्रलाई नयाँ जामा लगाएर ठड्याउने नेकपाको धारणा छ ।

मदन भण्डारी र राजा वीरेन्द्रका अमूक हत्याराहरूले दलालहरूलाई अघि सारेर राजकीय निकायलाई अपराधीकरण गर्ने, देश र जनताको हुर्मत लिनेछन् । त्यसैले नेकपाले चुनाव र संसदीय व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको नारा अगाडि सारेको बताएको छ । तर जनतालाई सरकारी भाषण र भ्रमण मात्र बाँड्ने, सत्य कुरा सुन्न र छनोट गर्ने अवसर नदिने उद्देश्यले नेकपाका शान्तिपूर्ण कार्यक्रममाथि थुनछेक, पक्राउ गर्ने गरेपछि नेकपाले उसकै भाषामा दलाल नेताहरूमाथि पनि अवरोध गरेको छ । अवरोधको शैली कतिपय स्थानमा हिंसात्मक र अप्रिय देखिएका छन् । सरकार र दलहरूले आलोचना र विरोधको स्वरलाई सम्बोधन गर्नुभन्दा दमनको भाषा बोल्न थालेका छन् । संसारभरि आतङ्कवाद निर्यात गर्दै अमेरिका र त्यसको राष्ट्रपति गुण्डा नाइके डोनाल्ड ट्रम्प प्रशासन अग्रपङ्क्तिमा देखिएका छन् । दलाल संसदीय व्यवस्थाका देशभित्र र बाहिरका मालिकहरूको छटपटी हेर्दा उनीहरू कति धेरै कमजोर छन् भन्ने पुष्टि हुन्छ ।

नेपालमा आज एकातिर चुनावको रमझम चलिरहेको छ । उम्मेदवारहरू बन्दुकको घेराभित्र बसेर लोकतन्त्रको गफ गरिरहेका छन् । अर्कोतिर बारुदको धुवाँ र कोलाज छरिएको छ । सरकारले आस्थाका आधारमा सयौँलाई पक्रेर झूट्टा मुद्दामा फसाएको छ । पूर्वजनमुक्ति सेनाका जवान, सहिद परिवार र घाइतेमाथि निगरानी बढाएको र अपमानित गरिएको छ । एकातिर घरमा बसिरहेको नागरिकलाई प्रहरीले घिसार्दै लगेको छ । अर्कोतिर चुनाव प्रचार गर्दागर्दै जनआक्रोशको निशानामा पर्नुपरेको छ । प्रहरी कारबाही र नेकपाको प्रतिरोध, गिरफ्तारी हेर्दा देशमा चुनाव होइन, गृहयुद्धमा छ । देश भयानक धु्रवीकरणतिर गएको छ । यो घम्साघम्सीले जनयुद्धको विरासत प्रचण्डबाट लगभग खोसिएको छ । क्रान्तिकारी आन्दोलनका लागि यो सकारात्मक पक्ष हो । सबै सरोकारवालाहरूले समयमै पहलकदमी नलिने हो भने देशको स्थिति नियन्त्रणबाहिर जानसक्छ । त्यसबेला धेरै ढिलो भइसकेको हुनेछ ।

२०७४ मंसिर ९ गते दिउँसो २ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :