नेपाली कांग्रेसको उम्मेदवारको घरमा बम विष्फोट

काठमाडौ : नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका शम्भुलाल श्रेष्ठको घरमा गएराती बम विष्फोट भएको छ । सर्लाहीको लालबन्दीमा रहेको श्रेष्ठको घरमा एक समूहले गरेको बम विष्फोटनको कारण ५ फिट अग्लो पर्खाल ढलेको छ । विष्फोटबाट अन्य मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ । विभिन्न खालका धन्दा गर्दै स्थानीय बासिन्दालाई ठगेको भन्दै श्रेष्ठको क्रसर उद्योगमाथि आक्रमण हुँदा करोडौंको क्षेति भएको थियो ।

२०७४ मंसिर ९ गते ९ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :