ओलीको घरमा बम विष्फोट

काठमाडौं :  झापाको दमक नगरपालिका ५ स्थित एमाले अध्यक्ष केपी ओलीको घरको गेटमा बम विष्फोट भएको छ । शनिबार बिहान ४ बजे विष्फोट भएको हो । पूर्वी गेटमा भएको विस्फोटमा मुख्य गेटमा क्षति पुगेको इप्रका दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले बताएका छन् ।

यस्तै त्यहिँ नजिकै अर्को विष्फोटक पदार्थ पनि भेटिएको छ । विष्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम निष्क्रिय टोली त्यसतर्फ जाँदैछ । घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन ।
२०७४ मंसिर ९ गते ८ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :