गिरफ्तार गरिएकाहरुलाई रिहा नगरे कडा संघर्ष हुन्छ  : सन्देश पाैडेल, जनकपुर ब्युराे इन्चार्ज, नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले चुनावी सुरक्षाको नाममाआफना पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरी र झुट्ठा मुद्दामा फसाउने काम गरेको भन्दै यस्तो हर्कत बन्द गर्न सरकारलाई आग्रह गरेको छ । ब्युरोले विनाकारण गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहा नगरे तत्काल कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि बताएको छ । केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज सन्देश पौडेलद्वारा शुक्रबार जारी एक प्रेस विज्ञप्तिमा भ्रष्टाचारलाई संस्थागत गर्न र त्यसको संजाल देशव्यापी विस्तार गर्न निर्वाचनको नाटक गरिएको बताइएको छ । देशब्यापी निर्वाचन खारेज अभियान संचालन गरिरहेको नेकपाले आफ्ना ४ सय भन्दा बढि नेताकार्यकर्ता पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः

thumbnail of janakpur bureau press sta1 2074-8-8

२०७४ मंसिर ८ गते साँझ ६ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :