दैलेखमा प्रहरीद्वारा छापा / नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं : अगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाकाे चुनाव नजिकिंदै गर्दा दैलेखमा प्रहरी प्रशासनले नेकपाका कार्यकर्ताको घर–घरमा व्यापक छापा मार्ने, गिरफ्तार गर्ने तीव्र पारेको छ । सोमबार बिहान नेकपाका द्वय जिल्ला सदस्य दुर्गा सिजाकोटी, नगेन्द्र सिजाकोटीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई घरमा बसिरहेको बेला दैलेखको आठविसकोट नपा ८,बाट पक्राउ गरिएको हो । सिडियो डियसपीसहितको टोलीले नेकपाको कार्यकर्ताहरूकाे घर–घरमा अहिले पनि छापा मारिरहेको दैलेखबाट लोकबहादुर कार्कीले बताएका छन् ।

२०७४ मंसिर ८ गते ९ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :