देउवाको चुनावी सभामा बम विष्फोट

कालिकाेटः प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी चुनावी कार्यक्रममा बम विस्फोट भएको छ । बिहिबार कालिकोटको कोटवाडा विमानस्थलमा आयोजित चुनावी सभालाई देउवाले सम्बोधन गर्ने क्रममा बम विस्फोट भएको बताइएको छ ।
स्थानीय पत्रकार अनिल बुढाका अनुसार विस्फोटको ठूलो आवाज आएको र केही समय भागदौड समेत मच्चिएको थियो । कार्यक्रममा सहभागीहरु घरघर लागेपछि काँग्रेसकाे चुनावी सभा प्रभावित भएको स्थानीयहरूले बताएका छन् ।
प्रधानमन्त्री कालिकोट आउँने भएपछि बुधबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएपनि कार्यक्रम स्थल नजिकै बम विस्फोटपछि सुरक्षाकर्मीहरूसमेत छक्क परेका थिए ।  

कालिकोेटमा महिला र प्रहरी झडप / ३ युवालाई प्रहरीबाट महिलाको कब्जामा
कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच बिहीबार साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर ३ जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर प्रहरीले बिहीबार अपरान्हमा ३ जना युवालाई गिरफ्तार गरेको थियो । गिफ्तार पर्नेहरुमा बुद्धि विक, धनराज विक र बिन्द विक छन् । उनीहरुलाई प्रहरीले गिरफ्तार गरेर नन्दादेवी मावि सेरापाटामा लगेको थियो । प्रहरीले तीन युवालाई गिरफ्तार गरेर लगेपछि स्थानीय महिलाहरु गएर प्रहरीले गिरफ्तार गरेका तीनै जना युवालाई खोसेर फिर्ता गराएका छन् ।

२०७४ मंसिर ७ गते अपरान्ह १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :