निर्वाचन कार्यालयमा बम

नारायण नेपाल/नुवाकोटः नुवाकोटको सदरमुकाम विदुरस्थित जिल्ला निर्वाचन कार्यालयमा बम फेला परेको छ । बिहिबार दिउँसो निर्वाचन कार्यालय परिसरभित्रै फेला परेको उक्त बम अहिले सेनाले निस्क्रिय पारिरहेको छ । बम निस्क्रिय पार्ने क्रममा दिउँसो देखिनै विदुरका मुख्यसडकहरु अवरुद्ध भएका छन् । बम कसले र किन राख्यो भन्ने अनुसन्धान भइरहेको जनाइएको छ ।

२०७४ मंसिर ७ गते अपरान्ह ९ः१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :