नेकपा रौतहटका नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रौतहहटका जिल्ला सदस्य प्रेम जिम्बालाई प्रहरीले गिरफ्तार गरेको छ । जिम्बालाई बिहीबार दिउँसो रौतहटको चन्द्रपुर नपा स्थित गैडाटारबाट पक्राउ गरिएको हो । नेकपा रौतहटका इन्चार्ज विजयलालले बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । इन्चार्ज विजयलालले विनासर्त रिहाईको माग पनि गरेका छन् । त्यसैगरी नेकपा बाराका  जिल्ला सदस्य डिपी लामालार्इ बाराकाे  अमेलियाबाट प्रहरीले पक्राउ गरेकाे समाचार छ । 

२०७४ मंसिर ७ गते अपरान्ह ४ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :