महासंघद्वारा गिरफ्तार पत्रकारलाई रिहा गर्न माग

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रम शेरबहादुर देउवालाई भेटी गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।
आचार्यको नेतृत्वमा गएको डेलिकेशन टोलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी सो माग गरेको हो । अध्यक्ष आचार्यले ती आठैजना पत्रकार महासंघका सदस्य भएकाले आफुहरुले जिम्मा लिने र तत्काल रिहाका लागि निर्देशन दिन माग गरेका थिए । जवाफमा प्रमले तत्काल बुझेर रिहाका लागि निर्देशन दिने बताएका थिए । ‘को को हुन् नाम दिनुहोला म बुझेर पहल गर्छु’ प्रम देउवाले भने ।

२०७४ मंसिर ६ गते बेलुका १० : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :