दाङ बन्दको प्रभाव दिनभरी / यातायात र शिक्षण संस्था ठप्प

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले आफ्ना नेताकार्यकर्ता गिरफ्तारी विरुद्ध गरेको दाङ बन्दको कारणे आज (बुधबार) दिनभरी प्रभाव परेको छ । बन्दका कारण जिल्लामा चल्ने यातायातका साधन, कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था ठप्प छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्गसमेत प्रभाव परेको छ । पूर्वबाट आउने सवारी साधानहरु भालुवाङ र पश्चिमबाट आउने सवारी साधन लमहीबजारमा रोकिएका छन् । मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कात्तिक ३ गते आफै हिडडुल गर्न र खानासमेत नसक्ने अशक्त पाटनलाई गिरफ्तार गरि अमानवीय र क्रुर व्यवहार गरेको भन्दै राज्यको यस्ता दमनकारी रबैया तुरुन्त बन्द गरि अशक्त पाटन लगायत गिरफ्तार परेका सबैको बिनासर्त रिहाइको माग गर्दै जिल्ला बन्दको गरेको नेकपा दाङले जनाएको छ । अहिलेसम्म दाङमा पार्टीका १९ जना कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण घरबाटै लगेर प्रहरीले हिरासतमा राखिरहेको नेकपा जिल्ला सेक्रेटरी सविन पोख्रेलले जानकारी दिनुभएको छ ।

२०७४ मंसिर ६ गते  १२ : २५ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :