गाउँदा–गाउँदै गए जनकवि पाख्रिन

काठमाडौं : नेपालको माक्र्सवादी सांस्कृतिक आन्दोलनका हस्ति तथा वरिष्ठ गायक खुसिराम पाख्रिनको मंगलबार अपरान्ह हृदयघातका कारण निधन भएको छ । वाम गठबन्धनद्वारा केन्द्रीय बसपार्क भरतपुर चितवनमा आयोजित प्रकाश दाहाल श्रद्धाञ्जली सभामा शोकगीत गाउँदै गर्दा उनी मञ्चमै अचानक ढलेपछि उपचरार्थ भरतपुर चौविसकोठी स्थित नारायणी समुदायिक अस्पताल लगिएको थियो । मधुमेह र उच्च रक्तचापबाट पीडित पाख्रिन सहिद परिवार पनि हुन् । भरतपुर १९, रामपुर बजार निवासी पाख्रिन जीवनभरि गाउँदै, लेख्दै देश–विदेश जागृत गर्दै हिडिरहे र गाउँदा–गाउँदै अस्ताए । ई–रातो खबर सांस्कृतिक अभियन्ता पाख्रिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

२०७४ कात्तिक ५ गते बेलुका ७ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :