नेकपा बैतडीका इञ्चार्ज जोशीलाई गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बैतडीका इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरमा बुबाको किरियामा बसिरहेका बेलामा सोमबार पक्राउ गरेको हो । बुबाको निधनमा किरिया कसेमन जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले जानकारी दिए । प्रहरीले यसअघि पनि बैतडीमा नेकपाका ६ जना नेताकार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।

२०७४ मंसिर ५ गते साँझ ६ :१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :